Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पतिलाई मिर्गौला बेच्न लगाएपछि पैसा चोरेर प्रेमीसँग भागिन् पत्नी

पतिलाई मिर्गौला बेच्न लगाएपछि पैसा चोरेर प्रेमीसँग भागिन् पत्नी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०८१ शनिवार • ०५:३७:५७ बजे
  • 1.7K
    SHARES
  • पतिलाई मिर्गौला बेच्न लगाएपछि पैसा चोरेर प्रेमीसँग भागिन् पत्नी

    भारतमा एक महिलाले आफ्नी छोरीको शिक्षाका लागि भन्दै पतिलाई मिर्गौला बेच्न लगाएर त्यही पैसा चोरेर प्रेमीसँग भागेको घटना बाहिर आएको छ । यो घटना पश्चिम बंगालमा भएको हो । ती महिलाले आफ्नो पतिलाई छोरीको उच्च शिक्षा र विवाहका लागि मिर्गौला बेच्न भनेर महिनौँदेखि मनाउने प्रयास गरेकी थिइन् । सुरुमा ती पुरुष तयार थिएनन् । तर, परिवारको आर्थिक अवस्था सुधार गर्न र छोरीको भविष्य सुनिश्चित गर्न उनी आफ्नो मिर्गौला बेच्न राजी भए ।

    images

    उनले एक वर्षसम्म मिर्गौला किन्ने व्यक्तिको खोजीमा बिताए । किनभने भारतमा मानव अंगको बेचबिखन कानुनीरुपमा वर्जित रहेको छ । करिब ३ महिनाअघि उनले आफ्नो मिर्गौला किन्ने व्यक्ति पाए । अपरेसन गरेपछि उनले त्यसबापत पाएको १० लाख भारतीय रुपैयाँ आफ्नो पत्नीलाई राख्न दिए । तर, पत्नी भने त्यही पैसा लिएर आफ्नो प्रेमीसँग भागिन् । त्यसपछि मात्र उनले आफ्नो पत्नीको असली योजना थाहा पाए ।

    उनकी पत्नी र उनको प्रेमीको फेसबुकमार्फत चिनजान भएको थियो । कुराकानी गर्दै जाँदा उनीहरूबिच सम्बन्ध झाँगिएको थियो । त्यसपछि उनले पतिलाई छाडेर प्रेमीसँग भाग्ने निर्णय गरिन् । यसैका लागि उनले पतिलाई आफ्नो मिर्गौला बेच्न उक्साइन् । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार पैसा लिएर पत्नी भागेपछि पतिले प्रहरीकहाँ उजुरी गरे ।

    प्रहरीले उनकी पत्नी बाराकपोरमा रहेको पत्ता लगायो । त्यसपछि पति आफ्नी १० वर्षकी छोरी र आफ्नो आमाबाबुसहित बाराकपोर पुगेर पत्नीकहाँ पुगे । तर, पत्नीले घरको ढोकासमेत खोल्न मानिनन् । उनले चाँडै नै सम्बन्धविच्छेद गर्ने बताउँदै जे मन छ त्यही गर्न पतिलाई जवाफ फर्काएकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology