Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएसएआईडीका २००० बढी कर्मचारीलाई बिदा गर्न बाटो खुल्यो

यूएसएआईडीका २००० बढी कर्मचारीलाई बिदा गर्न बाटो खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०८१ शनिवार • ०५:१५:२७ बजे
  • 667
    SHARES
  • यूएसएआईडीका २००० बढी कर्मचारीलाई बिदा गर्न बाटो खुल्यो

    अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीका कर्मचारीलाई बिदा गर्न बाटो खुलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई यूएसएआईडीका २,००० भन्दा बढी कर्मचारी बिदा गर्न त्यहाँको अदालतले अनुमति दिएको हो ।

    images

    वाशिङटनका अमेरिकी जिल्ला न्यायाधीश कार्ल निकोल्सले मुद्दाको सुरुवातमा लागू गरिएको अस्थायी रोक आदेश खारेज गरेका हुन् । उनले बिदामा रहेका कर्मचारीहरूलाई सुरक्षा सुनिश्चित गर्ने प्रशासनको दाबीबाट सन्तुष्ट भएको पनि बताएका छन् ।

    निकोल्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै पहिलो कार्यकालमा नियुक्त गरेका थिए । यससँगै कर्मचारी युनियनहरुले भने थप निराश भएका छन् । ‘हामी आजको निर्णयबाट निराश छौं र यूएसएआईडीका कामदारहरूले भोगिरहेका क्षति वास्तविक छ ।

    हामी विश्वस्त छौं कि अदालतहरूले यूएसएआईडीलाई समाप्त गर्ने प्रयासलाई कानूनी रूपमा अस्वीकृत गर्नेछन्,’ डेमोक्रेसी फर्वार्डका अध्यक्ष स्काइ पेरिम्यानले एक विज्ञप्तिमा भनेका छन्। यो मुद्दा यस महिनाको सुरूमै दायर भएको थियो । विश्वव्यापी गरिबीविरुद्धको समूह ओक्सफामले पनि मुद्दामा सामेल भएको छ तर उसले अझै कुनै प्रतिक्रिया दिएको छैन ।

    ट्रम्पले आफ्नो पहिलो दिनमै सबै विदेशी सहायता ९० दिनका लागि रोक्न आदेश दिएका थिए । सोही अनुसार यूएसएआईडीका कर्मचारीलाई बिदान गर्न लागिएको हो ।

  • सम्बन्धित विषय:

  • # बिदा गर्न बाटो खुल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology