Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायलले गाजा क्षेत्रमा रोक्यो मानवीय सहायता

इजरायलले गाजा क्षेत्रमा रोक्यो मानवीय सहायता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०८१ सोमवार • ०६:५५:०४ बजे
  • 682
    SHARES
  • इजरायलले गाजा क्षेत्रमा रोक्यो मानवीय सहायता

    इजरायलले युद्धग्रस्त गाजा क्षेत्रमा पठाउने मानवीय सहायता रोकेको छ । प्रधानमन्त्री कार्यालयले यो निर्णयको पूर्ण विवरण सार्वजनिक गरेको छैन । तर, हमासले युद्धविरामको अवधि लम्ब्याउने अमेरिकी प्रस्तावलाई स्वीकार नगरेमा ‘अर्को नतिजा’ व्यहोर्नुपर्ने चेतावनी दिएको छ ।

    images

    इजरायलको निर्णयबाट राहत सामग्रीको आपूर्ति पूर्णरुपमा बन्द भइसक्यो कि भइसकेको छैन भन्ने अस्पष्ट छ । आइतबार प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार बिहानबाट गाजा क्षेत्रमा सबै सामान र आपूर्ति रोक्ने निर्णय गर्नु भएको छ । हाम्रा बन्धकहरुलाई रिहाविना इजरायल युद्धविरामको स्वीकार गर्दैन ।

    यदि हमासले युद्धविराम इन्कार गरिरह्यो भने दोस्रो नतिजा हुने छ ।’ हमासले भने इजरायलले गाजा क्षेत्रमा युद्धविरामलाई पालना नगरेको आरोप लगाएको छ । उसले राहत सामग्री रोक्ने इजरायलको फैसलालाई ‘सस्तो फिरौती’ र युद्ध अपराध, संघर्ष विराममा सिधा हमला’ भनेर टिप्पणी गरेको छ । हमासले इजरायललाई यस्ता क्रियाकलाप गर्नबाट रोक्न मध्यस्थकर्ताहरुलाई अपिल समेत गरेको छ ।

    यसबारेमा मध्यस्थकर्ता देशहरुबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । इजरायल र हमासबीचको युद्ध रोक्नका लागि अमेरिका, इजिप्ट र कतारले मध्यस्थकर्ताको भूमिका खेल्दै आएका छन् । इजरायलले यसअघि मुस्लिम धर्मावलम्वीहरुको महान पर्व रमजान र यहुदीहरुको चाड पासओवरलाई मध्यनजर गर्दै युद्धविरामको अवधि ४२ दिनसम्म लम्ब्याएको घोषणा गरेको थियो ।

    रमजान मार्च २९ र पासओवर १९ अप्रिलमा समाप्त हुन्छ । मुस्लिम समुदायले रमजान अवधिभर रोजा (व्रत) बस्ने गर्दछन् । इजरायल र हमासबीचको युद्ध रोक्ने सहमति सन् २०२५ को जनवरी १५ बाट सुरु भएको थियो । युद्धविराम सहमतिको कार्यान्वयन भने जनवरी १९ देखि सुरु भएको थियो । युद्धविरामको पहिलो चरण मार्च १ तारिखमा समाप्त भएको छ । अब दोस्रो चरणको युद्धविरामका लागि छलफल गर्ने भनिए पनि इजरायल र हमासबीच बढेको तिक्तताले फेरि युद्ध सुरु हुने चिन्ता छ ।

  • सम्बन्धित विषय:

  • # इजरायल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology