Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक महिनामै गौतमबुद्ध विमानस्थलमा ६८ सय अन्तर्राष्ट्रिय यात्रु

एक महिनामै गौतमबुद्ध विमानस्थलमा ६८ सय अन्तर्राष्ट्रिय यात्रु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०८१ सोमवार • ०७:२१:०१ बजे
  • 826
    SHARES
  • एक महिनामै गौतमबुद्ध विमानस्थलमा ६८ सय अन्तर्राष्ट्रिय यात्रु

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट एक महिनामा करिब ६ हजार ८ सय यात्रु आवागमन भएको छ ।

    images

    विमानस्थल कार्यालयका अनुसार फेब्रुअरी २०२५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ उडान–अवतरण भएको थियो ।

    तिनै उडानबाट ६ हजार ७ सय ७९ यात्रु आवागमन भएको हो । कार्यालयका अनुसार फ्लाई दुबईबाट २ हजार ४ सय ३, जजिरा एयरवेजबाट ३ हजार २ सय ६५, थाई एयर एसियाबाट १ हजार ९७ यात्रु आवागमन भएको थियो । त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २ सय ११ यात्रु आवागमन भएको हो ।

    त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४ हजार ४० ट्रान्जिट यात्रु रहेको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार नोभेम्बर २०२४ मा उडान सुरु भएयता फेब्रुअरी २०२५ को यात्रु आवागमन संख्या हालसम्मकै उच्च हो । जनवरी २०२५ मा १ हजार ३ सय ६५, डिसेम्बर २०२४ मा ३ हजार ८ सय ७८ र नोभेम्बर २०२४ मा ४ हजार २ सय ७९ यात्रु आवागमन भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology