Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०८१ बिहिवार • १३:१४:५८ बजे
  • 748
    SHARES
  • राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

    राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।

    images

    अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक सेवा र नीजि क्षेत्रसँग सम्बन्धित चारवटा अध्यादेश जारी भएका थिए । १४ पुसमा सहकारीसम्बन्धी अध्यादेश ल्याएको थियो ।

    १८ माघमा राष्ट्रपतिबाट सबै अध्यादेश जारी भएका थिए । हिउँदे अधिवेशन नभएको बेलामा जारी भएका ६ वटामध्ये पाँच अध्यादेशमात्रै संसद्बाट स्वीकृत भएको हो ।

  • सम्बन्धित विषय:

  • # अध्यादेश स्वीकृत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology