Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति: नेताका घुँडा भाँच्नुपर्छ

दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति: नेताका घुँडा भाँच्नुपर्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०८१ शुक्रवार • १०:२८:२६ बजे
  • 676
    SHARES
  • दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति: नेताका घुँडा भाँच्नुपर्छ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अराजक अभिव्यक्ति दिएका छन् । भक्तपुरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका हुन् । प्रसाईंले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन आग्रह समेत गरे ।

    images

    अहिलेको समय राजा र दुर्गा प्रसाईंको भएको दाबी गर्दै उनले राजालेजसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी दिए । ‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ’, उनले फागुन २५ गते पूर्व राजालाई निर्मल निवास पुर्‍याउने र त्यो शान्तिपूर्ण हुने बताए ।

    प्रसाईंले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले राजतन्त्रको पक्षमा बहस गर्न थालेको बताए । उनले नेताहरूको छातीमाथि कुल्चेर राजा आउने भन्दै यो व्यवस्था परिवर्तन गर्न प्रहरीले साथ दिए त्यही दिन प्रहरीको एक लाख तलब बनाउने घोषणा गरे । प्रसाईंले आफूले थालेको विद्रोहका कारण ठुला दलका नेताहरू राजतन्त्रबारे बहस गर्न बाध्य भएको बताएका हुन् ।

    उनले आफूले थालेको विद्रोह आगोको झिल्को भएको भन्दै यो झिल्को बढ्दै जाने दाबी गरे । ‘दुर्गा प्रसाईंले थालेको अभियान आगोको झिल्को हो । देश भनेको राजा हो धर्म हो’, उनले भने, ‘राजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको वंश हो ।

    मेरो प्रण राजसंस्था र हिन्दु धर्म पुनर्स्थापना गर्ने र २० लाख सम्मको ऋण मिनाहा गर्ने हो ।’ उनले पूर्वराजालाई रछ्यानमा फालिसकेको भनेर नेताहरूले गरेको टिप्पणीको कटाक्ष गर्दै अब आफूहरूले दलका नेताहरूलाई रछ्यानमुनि गाड्ने घोषणा गरे । ‘२५ गते राजा आउँदै हुनुहुन्छ । नेपालभरिबाट स्वागत गर्न एयरपोर्ट जाऔँ’, समर्थकलाई आह्वान गर्दै उनले भने,‘अब नेताको घुँडा भाँच्नुपर्छ । गाउँगाउँ र सहर सहरबाट लखेट्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # लखेट्नुपर्छ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology