Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खुट्टाको फोटो बेचेर लाखौँ कमाउने मोडल !

खुट्टाको फोटो बेचेर लाखौँ कमाउने मोडल !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७७ बिहिवार • १७:५१:५९ बजे
  • 2.9K
    SHARES
  • खुट्टाको फोटो बेचेर लाखौँ कमाउने मोडल !

    एजेन्सी। आजकल धेरै व्यक्तिहरू इन्टरनेटमा फुड ब्लगर, शिक्षक, जिम विज्ञ, खेलौना समीक्षक बनेर कमाइरहेका छन् । कोरोना भाइरसका कारण व्यक्तिहरू पहिलेभन्दा सामाजिक सञ्जालमा बढी निर्भर भएका छन् ।

    images

    इन्टरनेटको उपयोग पनि बढेको छ । यो परिवर्तन विश्वभर सामग्री सिर्जनाकर्ताहरूको लागि वरदान साबित भइरहेको छ । जर्जियाले पनि इन्टरनेटलाई त्यस्तो पैसा कमाउनको लागि हतियार बनाइन् । उनी सामाजिक सञ्जालमा आफ्नो खुट्टाका फोटोहरू सेयर गरेर लाखौँ रूपैयाँ कमाइरहेकी छन् ।

    सामाजिक सञ्जालमा २३ वर्षीय जर्जियाको लागि पैसा कमाउने माध्यम बनेको छ । उनी एक मोडेल र रिसेप्सनिस्ट हुन् । रिपोर्टकाअनुसार जर्जियाले सामाजिक सञ्जालमार्फत पैसा कमाउने उपायहरू सोचिरहेको समयमा उनलाई खुट्टाको फोटो राखेर पैसा कमाउने विचार आयो ।

    जर्जियाले गत जुनमा एउटा फेसबुक पेज बनाइन् । जसमा अहिले ४५ हजारभन्दा धेरै फलोअर्स रहेका छन् । उनले सोही पेजमार्फत आफ्नो खुट्टाको फोटो बेचेर सातामा करिब ४ सय ८० युरो आम्दानी गरिरहेकी छन् । उनको मासिक आम्दानी अहिले ३ लाखभन्दा धेरै रहेको छ ।

    उनले भनिन्, “म सधैँ मोडल हुन चाहन्थेँ तर आफूलाई त्यहाँबाट बाहिर जान डर लाग्दथ्यो । मैले नग्न फोटो वा अश्लील सामग्रीको सट्टा मेरा खुट्टाको तस्विर मात्र पोष्ट गर्न सुरू गरेँ र मानिसहरूले यसलाई मन पराउन थाले, जसमार्फत मैले राम्रो आम्दानी गर्न थालेँ ।”

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology