नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सोसँग सहकार्य गरिरहेको साँस्कृतिक बिभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै नेपाली साँस्कृतिक प्रस्तुतिहरू सहित नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम नमस्ते बार्सिलोना २०२५ आयोजना गर्ने भएको छ।
देशको कला संस्कृति, भेषभुषा, पर्यटन र पर्यावरणको प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रम हुन लागेको आयोजक नेपाली जन प्रगतिशील मञ्च युरोपका उपाध्यक्ष एवं संघठन बिभाग प्रमुख गङ्गा भुसालले बताए।
उक्त कार्यक्रम आउँदो अप्रिल ६ तारिख आइतवारका दिन साँझ १५:३० बजेदेखि २०:३० बजेसम्म बार्सिलोनाको चर्चको अगाडी हुने भएको हो। कार्यक्रममा नेपाल सम्बन्धी सूचना आदान-प्रदान, अन्तरदेशीय परिचय आदान-प्रदान, नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धी सामग्रीहरुको वितरण, नेपाली पन्चै बाजाको साथमा नेपाली कला, संस्कृति तथा भेषभूषा, नेपाली खानाको स्टल, सहितका साँस्कृतिक प्रस्तुतिहरु हुने नेपाललाई बिस्व सामु चिनाउने कार्यक्रम रहेको मंचको अध्यक्ष बिशाल ढुंगानाले बताए ।
साथै यस कार्यक्रम केबल मंचको मात्र नभई स्पेनभरि छरिएर बसेका सम्पूर्ण नेपालि दाजुभाई दिदिबहिनिहरु बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु , राजनीति ,सामाजिक , व्यबसायिक सम्पुर्णमा आउनका निम्ति अध्यक्ष ढुंगानाले अपिल समेत गरेका छन । कार्यक्रमा गत बर्ष झै यस बर्षमा पनि सबैले एकसाथ दिन जन प्रगतिशील मंच स्पेनका उपाध्यक्ष केशब राज कडेलले आह्वान गरेका हुन।