Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेस–एमाले सरकार बनेपछि जनतामा असन्तुष्टि बढ्यो : सांसद झा

कांग्रेस–एमाले सरकार बनेपछि जनतामा असन्तुष्टि बढ्यो : सांसद झा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २७, २०८१ मंगलवार • ०८:५६:२७ बजे
  • 742
    SHARES
  • कांग्रेस–एमाले सरकार बनेपछि जनतामा असन्तुष्टि बढ्यो : सांसद झा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा निराशा बढेको बताएका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद झाले लयात्मक शैलीमा सरकारको आलोचना गरे । ‘सात महिनापहिले सातबुँदे सम्झौताको आधारमा गठबन्धन बनेको २३९ दिन भयो । सडकमा जनताको असन्तुष्टि बढ्दैछ,’ उनले भने । सत्ताको आड लिएर एमालेका कार्यकर्ता जनता कुट्दै हिंडेको, सुशासन खोज्दा प्रहरी कुट्दै हिंडेको, विश्वविद्यालय तोड्फोड गर्दै हिंडेको उनले चर्चा गरे । ‘हामीले सरकारलाई जनतालाई मायाँ गर्दिनुस् न भन्छौं, उहाँका कार्यकर्ता रंगशालामा दर्शक कुट्छन् ।

    हामी देशलाई माया गर्दिनुस्, आशा र विश्वास जगाउनुस् भन्छौं, उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ,’ सांसद झाले भने, ‘हामी सहकारीपीडितले न्याय पाउन भन्छौं, उनीहरू रवि लामिछानेलाई थुन्यौं त भन्छन् । हामी सुशासन दिनुस् भन्छौं उहाँ हाम्रा कार्यकर्ताले प्रहरी कुट्दै छन् त भन्नुहुन्छ ।’

    सांसद झाले सरकारले काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखसम्बन्धी विवाद पनि सदनमा उठाए । ‘हामी स्थानीय तह बलियो बनाइदिनुस् भन्छौं, उनीहरू बालेनको कार्यकारी खोस्यौं त भन्नुहुन्छ । हामी विश्वविद्यालयलाई बलियो बनाइदिनुस् भन्छौं, उहाँका कार्यकर्ता तोडफोड गर्छन्,’ उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology