Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१० देशबाट भित्रियो ४० करोड बराबरको रङ

१० देशबाट भित्रियो ४० करोड बराबरको रङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २९, २०८१ बिहिवार • ०८:०६:०१ बजे
  • 841
    SHARES
  • १० देशबाट भित्रियो ४० करोड बराबरको रङ

     रङहरूको पर्व हो, होली । यो पर्वमा आफन्तजन र साथीभाइबिच एकापसमा रङ दलेर खुसी साटासाट गरिन्छ । 

    images

    नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट  आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको रङ साढे ४० करोड बराबरको रङ आयात भएको छ । 

    २०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको ७ लाख ७१ हजार १८३ किलो रङ आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । उक्त  रङ आयात हुँदा ८ करोड ७ लाख ७३  हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन रङ सबैभन्दा बढी होलीमै खपत हुन्छ ।

     

    गत वर्षको सोही अवधिमा ३७ करोड ६७ लाख ३ हजार रुपैयाँको ६ लाख ४६ हजार ३४६ किलो  रङ आयात भएको थियो । उक्त परिमाणमा रङ आयात हुँदा ७ करोड ५० लाख ५२ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ । 

     

    साथै सो अवधिमा ८३ लाख ३१ हजार रुपैयाँको ४१२४१ किलो सिन्दूर आयात भएको  विभागको तथ्याङ्कमा उल्लेख छ । 

    • १० मुलुकबाट रङ आयात

    चालु वर्षको माघ मसान्तसम्म १० मुलुकबाट रङ आयात भएको विभागको तथ्यांकले उल्लेख छ । यसमध्ये सबैभन्दा धेरै भारतबाट आयात भएको छ । भारतबाट ३७ करोड २७ लाख १५ हजार रुपैयाँ बराबरको ७ लाख ४६ हजार १७४ किलो रङ आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    दोस्रोमा चीनबाट आयात भएको छ । चीनबाट १ करोड ७१ लाख ७६ हजार रुपैयाँको २४ हजार ५५१ किलो ग्राम रङ आयात भएको छ । रङ आयात हुने तेस्रो मुलुकमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाबाट७३ लाख ६८ हजार रुपैयाँको १ हजार ७५० किलो रङ आयात भएको छ । 

    कुन देशबाट कति आयो ? 

    1

    • वार्षिक ६० करोडभन्दा बढीको आयात

    नेपालमा यस्तो रङ होली मात्र नभएर तिहारमा पनि प्रयोग हुँदै आएको छ । साथै उक्त रङ अन्य प्रयोजनमा पनि उपयोग हुने गरेको छ ।

     विभागको तथ्यांक हेर्ने हो भने वार्षिक रूपमा ठुलो परिमाणमा आयात भएको छ । यस्तो रङ वार्षिक ६० करोडभन्दा बढी मूल्यको आयात हुने गरेको छ । 

    विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ८३ लाख ७० हजार रुपैयाँको रङ आयात भएको छ । २०७९/८० मा ७२ करोड ७९ लाख ७३ हजार रुपैयाँ बराबरको रङ आयात भएको थियो । यसअनुसार २०७९/८० को तुलनामा २०८०/८१ मा ९ करोडले आयात घटेको देखिन्छ । २०७८/७९ मा ७७ करोड १० लाख १८ हजार रुपैयाँको आयात भएको छ । 

    यसैगरी २०७७/७८ मा ७४ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको आयात भएकोछ भने २०७६/७७ मा ५९ करोड ५ लाख ५८ हजार रुपैयाँको रङ आयात भएको छ । 

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology