Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०८१ आइतवार • १२:४१:४५ बजे
  • 1.2K
    SHARES
  • प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता निराजन बमलाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन् ।

    images

    कसैले आलोचना गर्दैमा पक्राउ गर्नु ठिक नभएको निष्कर्षका साथ माओवादीका नेताहरू उनलाई रिहा गरिदिन आग्रहसहित प्रहरी कार्यालय पुगेका हुन् । माओवादीका मकवानपुर जिल्लाका इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई छोडिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालय पुगेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले रातोपाटीलाई बताए ।

    यस्तै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकबाट लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै सोही आधारमा पक्राउ गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए । तर, पनि बम यो समाचार तयार पार्दासम्म रिहा भएका छैनन् ।

    शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा बमले गणतन्त्रको विरोध गर्दै प्रचण्डको फोटो जलाएका थिए । फोटो जलाएको आरोपमा प्रहरीले उनलाई आइतबार मकवानपुरबाटै पक्राउ गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology