कुवेत - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतका अध्यक्ष राजन श्रेष्ठले पदबाट राजीनामा दिएका छन ।
श्रेष्ठले प्रवासको श्रमिक दैनिकीको कारण मञ्चको र्कायकारी पदमा रहेर कार्य गर्न असहज भएकोले पदबाट राजीनामा दिइएको विज्ञप्तिमा भनिएको छ । गत जुन २०२४ मा पार्टी उपाध्यक्ष पम्फा भूसालको प्रमुख आतिथ्यतामा सम्पन्न पाँचौ राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए ।
मञ्चको गत हप्ता सम्पन्न कार्य समितिको पूर्ण बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्दै प्रथम उपाध्यक्ष जीवन सुनारलाई अध्यक्षको कार्यभार सुम्पिएको संरक्षक मन बहादुर भुजेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
