Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निजि शैक्षिक संस्थाहरुको शुल्क असुली विरुद्धमा क्रान्तिकारीद्वारा संघर्षको घोषणा

निजि शैक्षिक संस्थाहरुको शुल्क असुली विरुद्धमा क्रान्तिकारीद्वारा संघर्षको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • १७:२१:१० बजे
  • 2.5K
    SHARES
  • निजि शैक्षिक संस्थाहरुको शुल्क असुली विरुद्धमा क्रान्तिकारीद्वारा संघर्षको घोषणा
    मयूरपाटी - नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) समर्थक अखिल (क्रान्तिकारी) धौलागिरी क्षेत्रिय समन्वय समितिले निजि शैक्षिक संस्थाहरुको शुल्क असुली विरुद्धमा एक प्रेस बिज्ञप्ति मार्फत चरणबद्ध रुपमा संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
     
    कोरोना संकटले देश बन्दाबन्दीमा रहेको बेला निजी शैक्षिक संस्थाहरुको छाता संगठन प्याब्सन एन प्याब्सनले पठन-पाठन बिना बिद्यार्थीहरुबाट मनपरि शुल्क असुलीको सूचना जारी गरेको प्रति बिरोध गर्दै अखिल क्रान्तिकारीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
     
    संगठनका क्षेत्रिय समन्वय समितिका संयोजक सुरेन्द्र बस्नेतद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सारा देश संकटको सामना गरिरहेको बेला केही शैक्षिक माफियाहरुको पक्ष पोषण गर्ने गरी राज्यकै संरक्षणमा गरिएको यो गलत हर्कतका विरुद्ध जस्तो सुकै चुनौतीको पनि सामना गर्न पछि नपर्ने बिज्ञप्तिमा जनाईएको छ 
     
    अखिल क्रान्तिकारीले तय गरेको संघर्षको कार्यक्रम यस प्रकारको रहेको छ ।
     
    १. २०७७ असार १७ गते सामाजिक संजालहरुमा कालो ब्यानर राख्ने ।
    २. २०७७ असार १९ गते सामाजिक संजालमा शैक्षिक अधिकार विषयक अन्तरक्रिया ।
    ३. २०७८ असार २१ गते प्याब्सन र एन प्याब्सन जिल्ला कार्यालय तालाबन्दी / कोणसभा ।
    ४. २०७७ असार २३ गते सबै जिल्लामा मसाल जुलुस निकाल्ने ।
     
    अखिल (क्रान्तिकारी) धौलागिरी क्षेत्रिय समन्वय समितिले निकालेको प्रेस बिज्ञप्ति जस्ताको तस्तै यहाँ हेर्नुहोस ।
    NEW.jpeg

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology