Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

मन्त्रिमण्डल पुनर्गठनको लागी यी हुन नयाँ ८ नाममा : ओलीको असन्तुष्टि

मन्त्रिमण्डल पुनर्गठनको लागी यी हुन नयाँ ८ नाममा : ओलीको असन्तुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०७७ बिहिवार • २१:१४:१३ बजे
  • 2.2K
    SHARES
  • मन्त्रिमण्डल पुनर्गठनको लागी यी हुन नयाँ ८  नाममा  :  ओलीको असन्तुष्टि

     प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । तर, मन्त्री बन्ने व्यक्तिको नाममा अध्यक्षद्वयबीच सहमति हुन नसकेपछि दसैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    images

    अध्यक्षद्वयबीच बालुवाटारमा आज पनि घन्टौँ छलफल भएको छ । तर, सहमति भने कायम हुन सकेको छैन । स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट ८ जना व्यक्तिको नाम मन्त्री बनाउनका लागि ओलीलाई दिएका छन् । ती नाममा ओलीले सहमति जनाएका छैनन् ।

    स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ र खानेपानी मन्त्री बिना मगरलाई मन्त्रीमा कायम राख्नका लागि आग्रह गरेका छन् । त्यस्तै नयाँ मन्त्रीका लागि प्रचण्डले पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङलाई सिफारिस गरेका छन् ।

    बालुवाटार स्रोतले भन्यो, ‘प्रचण्ड कमरेडले ८ जनाको नाम दिनु भएको थियो । त्यसमध्ये प्रधानमन्त्रीले ४ जनाको हटाएर चार जनाको नाम थप्नका लागि आग्रह गर्नुभयो । प्रधानमन्त्रीज्यूले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट र प्रभू साहको नाम थप्नका लागि आग्रह गर्नु भएको थियो ।’

    ओलीले पूर्वएमालेका नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन् । स्रोतका अनुसार पूर्वएमालेका तर्फबाट महासचिव विष्णु पौडेल, उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुल्सा थापा, भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई मन्त्री बनाउने विषयमा छलफल गरिरहेका छन् । सहरी विकास मन्त्री नबन्ने घोषणा गरेका पाण्डेलाई उपप्रधानसहित मन्त्री बनाउने विषयमा छलफल चलिरहेको छ ।

    एकदुई दिनमा सहमति नभएमा तत्कालका लागि ओलीले तीनजना खाली ठाउँमा मन्त्री बनाएर दसैँ, तिहारपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बालुवाटार निकट स्रोतको दावी छ । ओलीले पहिलो चरणमा कृषिमन्त्री घनश्याम भुषाल र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई जसरी पनि हटाउने बताउँदै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology