Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित

म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ५, २०८१ बुधवार • ०५:०४:४९ बजे
  • 1.2K
    SHARES
  • म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित

    म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री निर्वाचित भएका हुन् ।  स्ववियु नेतृत्व चयनका लागि भएको मतदानको मतपरिणाम अनुसार, कुल खसेको ६८६ मतमध्ये नेविसंघबाट उम्मेदवार बनेका क्षेत्रीले २८८ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् ।

    images

    सभापति  पदको प्रतिस्पर्धी बनेका अनेरास्ववियुका दिनेश खत्रीले १९२ र अखिल (क्रान्तिकारी)का सन्दीप खत्रीले १७७ मत ल्याएका छन् ।

    निर्वाचनबाट स्ववियु सचिबमा अनेरास्ववियुका मञ्जुर कटुवाल क्षेत्री र कोषाध्यक्षमा अस्मिता भण्डारी निर्वाचित हुनुभएको छ । सदस्यहरुमा विशाल विक, ढकबहादुर भण्डारी, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ र अबिजित शाहि निर्वाचित भएका छन् ।

    समानुपातिक तर्फ अनेरास्ववियुले २७७,नेविसंघले २४४,अखिल क्रान्तिकारीले १४२ र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) १० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । मंगलबार सम्पन्न निर्वाचनमा ८२४ मतदाता रहेकोमा जम्मा ६८६ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # संगम चोखाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology