Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अहिले गणतन्त्रमाथि प्रहार भइराखेको छ :प्रचण्ड

अहिले गणतन्त्रमाथि प्रहार भइराखेको छ :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १६, २०८१ आइतवार • ०२:११:२१ बजे
  • 931
    SHARES
  • अहिले गणतन्त्रमाथि प्रहार भइराखेको छ :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मैले भर्खरै प्रधानमन्त्री छोडेको हुँ, तपाईंहरूले कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ । तपाईंहरू कहाँबाट लाभ लिन खोज्दै हुनुहुन्छ । मलाई सबै थाहा छ ।

    images

    त्यसो नगर्नुस् ।’अहिले गणतन्त्रमाथि प्रहार भइराखेको छ । साथै उनले यस्तो अवस्था आउँछ भन्ने आफूले अनुमान गरेको पनि बताए । तर उनले यसलाई सुधार्नै नसकिने भन्ने नभएको र आँट गरेर एकताबद्ध गरेर बढ्यो भने सुधार्न सक्ने बताए ।

    अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन् । ‘योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको छ । को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology