Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ मन्त्रीको सूचीमा गोकुल बास्कोटाको पनि......

नयाँ मन्त्रीको सूचीमा गोकुल बास्कोटाको पनि......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २३, २०७७ शुक्रवार • ०८:४०:१० बजे
  • 2.6K
    SHARES
  • नयाँ  मन्त्रीको सूचीमा गोकुल बास्कोटाको पनि......
    नेकपा भित्र मन्त्रीमण्डल पुगर्नठनको निर्णय सचिवालयको बैठकले गरेको लामो समय विते पनि मन्त्रीहरु हेरफेर हुन सकेको छैन । यसको कारण हो दुई अध्यक्षबीच सहमति नहुनु । प्रचण्डले ८ जना पूर्व माओवादीका तर्फबाट बुझाईएको मन्त्रीहरुको सूचीमा गृहमन्त्री राम बहादुर थापा, उर्जा मन्त्री वर्षमान पुन र खानेपानी मन्त्री विना मगरलाई यथावत राख्नु पर्ने प्रस्ताव प्रचण्डले गरका छन् ।
    यसै गरी जनार्दन शर्मा, देव गुरुगं, पम्फा भुषाल,देवेन्द्र पौडेल र मातृका यादवको नाम पनि प्रचण्डले सिफारीस गरेका छन् । तर यी नाममा असन्तुष्ट प्रधानमन्त्री ओलीले टोप बहादुर रायमाझी, हरिवोल गजुरेल, लेखराज भट्ट र प्रभु शाहलाई मन्त्री बनाउनु पर्ने ओलीले प्रचण्डलाई दबाब दिएको स्रोतको दाबी छ । प्रचण्डको यो सूचीमा असहमति जनाएका प्रधानमन्त्री ओलीले पूर्व एमालेका तर्फबाट भने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटा रहेको जनआस्थाले उल्लेख गरेको छ ।
    बास्कोटा यस अघि सञ्चार मन्त्री रहेका बेला सेक्युरीटी प्रेस प्रकरणमा ७० करोड कमिसन मोलमोलाई गरेको अडियो सार्वजनिक भए पछि राजीनामा दिएर बसेका छन् । उनीमाथि अख्तियारमा मुद्धा छ । उनी ओली निकट मानिन्छन । यस्तै यस पटक वामदेव गौतमकी श्रीमति तुलसा थापालाई मन्त्री बनाउन ओलीले प्रस्ताव गरेको पनि स्रोतको दाबी छ ।
    पूर्व एमालेका तर्फबाट कृषि मन्त्री रहेका घनश्याम भुषाललाई पनि विदा दिने सोँचमा प्रधानमन्त्री रहेको बुझिएको छ । एकातिर नेताहरुले व्यक्ति छान्नै सकस परीरहेको र अर्कोतिर मन्त्री हुन नेताहरु दौडधुपमा लागिरहेकाले मन्त्रीमण्डल पुनर्गठन गर्न ढिलाई भएको बताईएको छ । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology