Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल कुवेत साँस्कृतिक मञ्चद्वारा आयोजना हुने तीज कार्यक्रममा गायिका प्रिती आले कुवेत आउने

नेपाल कुवेत साँस्कृतिक मञ्चद्वारा आयोजना हुने तीज कार्यक्रममा गायिका प्रिती आले कुवेत आउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८२ सोमवार • १६:०८:१३ बजे
  • 2.0K
    SHARES
  • नेपाल कुवेत साँस्कृतिक मञ्चद्वारा आयोजना हुने तीज कार्यक्रममा गायिका प्रिती आले कुवेत आउने

    कुवेत - नेपाल कुवेत साँस्कृतिक मञ्चद्वारा आयोजना हुने तीज विशेष सांगीतिक कार्यक्रममा चर्चित गायिका प्रिती आले कुवेत आउने भएकी छिन । 

    images

    "हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाल कुवेत साँस्कृतिक मञ्चको २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२५ कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा २९ अगष्ट  २०२५ शुक्रबार हुने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन 

    नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा हिन्दु नेपाली महिलाहरुको महानचाड हरितालिका तीज बिशेष सांगीतिक धमाका गर्दै आएको छ ।नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको  प्रतिबद्धता रहेको जनाएको छ । चर्चित लोकदोहोरी गायिका प्रिती आलेको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

    उक्त दिन हुने कार्यक्रममा  कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन आयोजकले आग्रह गरेको छ। साथै कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेको छ । स्थापना कालदेखि कुबेतमा स्थापित संघ-संस्थासंग हातेमालो गर्दै थुप्रै सामाजिक काम गर्दै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology