Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गण्डकी प्रदेशसभाको सामाजिक विकास समितिको नेतृत्वमा रुचाल

गण्डकी प्रदेशसभाको सामाजिक विकास समितिको नेतृत्वमा रुचाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८२ शुक्रवार • १५:०७:२० बजे
  • 1.8K
    SHARES
  • गण्डकी प्रदेशसभाको सामाजिक विकास समितिको नेतृत्वमा रुचाल

    पोखरा- गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दमयन्ती रुचाल निर्विरोध निर्वाचित भएकी छिन् । 

    images

    IMG_7011.jpeg

    सामाजिक विकास तथा कृषि समितिको आज बसेको बैठकबाट उनी सभापतिमा चुनिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले जानकारी दिए । यसअघि सभापति रहेका फणिन्द्र देवकोटा गत जेठमा मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको उक्त समितिको सभापतिमा रुचाल निर्विरोध निर्वाचित भएकी हुन् ।

    att.CV_cBPw0HWtQ2Tb3KOYWKHdUgMK1s0aCIn3pIHrGdZA.jpeg
    सभापति चयनका लागि बिहीबार भएको मनोनयन दर्तामा रुचालको एकल उम्मेदवारी परेको थियो । नवलपुरकी रुचाल माओवादी केन्द्रबाट समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेकी थिइन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच सहमति जुट्न नसक्दा लामो समयसम्म समिति नेतृत्वविहीन अवस्थामा थियो ।

    एघार सदस्य रहेको उक्त समितिमा नेपाली कांग्रेसका छ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तीन र माओवादी केन्द्रका दुई प्रदेशसभा सांसद छन् । गण्डकी प्रदेशसभामा सामजिक विकास तथा कृषि, प्रदेश मामिला तथा कानुन, अर्थ तथा विकास र सार्वजनिक लेखा समिति गरी चार विषयगत समिति रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology