पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्य कोरोना मुक्त भएका छन्।
प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा प्रेस सल्लाहकार सुर्य थापाको सम्पर्कमा आएका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको हो ।
यसैबीच प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना मुक्त भएको सार्वजनिक गरेका छन्।