नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेतृत्वमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् ।
उक्त सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए ।