Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध

सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८२ शनिवार • ०८:१६:४३ बजे
  • 1.9K
    SHARES
  • सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आवद्ध

    योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको सकंख्या बढ्दै गएको छ। पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको कोषको तथ्यांकले देखाएको छ।

    images

    २०८२ साउन ३ गते सम्म कोषमा आवद्ध हुने योगदानकर्ताको सङ्ख्या २३ लाख ८३ हजार ८५६ पुगेको छ। ती योगदानकर्ताले हाल सम्म कोषमा ८६ अर्ब ७६ करोड ९३ लाख २४ हजार ६३५ रुपैयाँ योगदान गरेका छन्।

    कोषमा हाल सम्म २० हजार ९८७ रोजगार संलग्न भएका छन्। गत असार सम्म कोषमा कुल २३ लाख १४ हजार ९६ जना श्रमिक जोडिएका थिए। एक महिनाको अबधिमा कोषमा ६९ हजार ७६० जना श्रमिक आवद्ध भएका हुन्।

    कोषले दिने गरेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी उपचार सेवामा हाल सम्म २ अर्ब १५ करोड ८७ लाख ७३ हजार ५०२ रुपैयाँ दावी गरिएको छ। त्यसैगरी, कोषबाट हाल सम्म २० करोड ८६ लाख ४५ हजार २५ रुपैयाँ बराबर रकम दुर्घटना तथा अशक्तता सुरक्षाकालागि दावी गरिएको छ।

    निजी क्षेत्रमा काम गर्ने कामदारलाई पेन्सन तथा बीमा जस्ता सुरक्षाका विषय नभएकाले त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सरकारले २०७६ चैतदेखि सामाजिक सुरक्षा कोष स्थापना गरेको हो।

  • सम्बन्धित विषय:

  • # सामाजिक सुरक्षा कोष
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology