Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपटोन ब्यान्डको गीत ‘मेरो मुस्कान’ २५ जुलाईमा सार्वजनिक हुने

नेपटोन ब्यान्डको गीत ‘मेरो मुस्कान’ २५ जुलाईमा सार्वजनिक हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८२ मंगलवार • १८:४०:२२ बजे
  • 2.0K
    SHARES
  • नेपटोन ब्यान्डको गीत ‘मेरो मुस्कान’ २५ जुलाईमा सार्वजनिक हुने

    कुवेत - निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ । आगामी २५ जुलाई, शुक्रबार डिजिटल प्लेट्फर्म युट्युब बाट रिलिज हुने यो गीतसँगै ब्यान्डले आफ्नो नयाँ सांगीतिक यात्राको औपचारिक सुरुवात गर्नेछ।

    images

    ब्यान्डका फ्रन्टम्यान सुरेन्द्र लिम्बुले यसअघि एकल ‘जात’, ‘मेरी माया’, ‘कालो बादल’, ‘परदेशिको दशैँ तिहार’ जस्ता गीतहरू प्रस्तुत गरिसकेका छन्। अब उनले आफ्नो अनुभव र सिर्जनशीलतालाई समूहगत स्वरूपमा उतार्दै नेपटोन ब्यान्डमार्फत नयाँ धुन र भावना दर्शक श्रोतासमक्ष ल्याउने प्रयास गरेका छन्। ब्यान्ड्मा रेवन श्रेष्ठ, अर्पन बिक, कुसल बिक, भुसन राई र सुरेन्द्र लिम्बु छन ।

    पहिले ‘निरेम एन्ड राइभल्स’ नामले चिनिने यो समूह, केही सदस्यहरूको पुनर्संरचना र नयाँ भिजनसहित ‘नेपटोन’ नाममा परिवर्तन भएको हो। ‘नेपाली धुन’को भाव बोकेको यो नामसँगै ब्यान्डले आधुनिक ब्यान्ड साउन्ड र मौलिक नेपालीपनको सुमधुर संयोजन प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

    ‘मेरो मुस्कान’ गीतको संगीत, एरेन्ज, मिक्स र मास्टरिङ प्रतिभाशाली संगीतकार सुरज तामाङले गरेका छन्। गीतका शब्द पनि उनकै सिर्जना हुन्, भने संगीत नेपटोन ब्यान्ड र सुरज तामाङको संयुक्त सहकार्यमा जन्मिएको हो। गायक आफैले निर्देशन गरेको भिडियोमा सुबोध गिरी र रबिना तुलाधर मुख्य कास्टको रूपमा देखिनेछन्। भिडियोको क्यामेरा, सम्पादन र कलर ग्रेडिङ स्वयं गायक सुरेन्द्र लिम्बु ले नै गरेका छन भने असिस्ट क्यामेरामा ब्राभिन्टन एन वाम्बुई (केन्या) को साथ रहेको छ।

    सुरेन्द्र लिम्बु भन्छन्, “नेपटोन हाम्रो सपना र विश्वासको प्रतीक हो। सोलो यात्रामा सिकेका अनुभव र सृजनात्मक ऊर्जालाई अब समूहको सामूहिक धुनमा परिणत गरिरहेका छौँ। ‘मेरो मुस्कान’ केवल गीत मात्र होइन, हाम्रो भावनात्मक कथा हो, जसले दर्शक श्रोतामा आत्मीयता भर्नेछ।”

    व्यस्त दैनिकी र पेशागत जिम्मेवारीबीच समय व्यवस्थापन गर्दै तयार गरिएको यो गीत नेपटोन ब्यान्डको प्रतिबद्धता, लगनशीलता र संगीतप्रतिको प्रेमको सशक्त प्रमाण हो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology