Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मादी नदीमा बन्दैछ नेपालकै पहिलो चार लेनको पुल

मादी नदीमा बन्दैछ नेपालकै पहिलो चार लेनको पुल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०६:४९:१६ बजे
  • 940
    SHARES
  • मादी नदीमा बन्दैछ नेपालकै पहिलो चार लेनको पुल

    कुनै बेला मुग्लिङ–पोखरा सडक यात्रा अत्यन्त कष्टकर हुने गर्दथ्यो । हिजोआज मुग्लिङ–पोखरा सडक खण्डको यात्रा आनन्ददायी छ । मुग्लिङबाट पोखरा पुग्न धेरै कष्ट खेप्नु पर्दैन । अहिले सो सडक खण्डको धेरै काम सकिएको छ भने अझै पनि केही पुलहरू बन्ने क्रममा छन् । 

    images


    मुग्लिङ–पोखरा सडक पूर्वी खण्डका योजना प्रमुख प्रकाशचन्द्र भण्डारी मुग्लिङ–पोखरा सडक पूर्वी खण्डस्थित मादी नदी नेपालकै पहिलो पटक चार लेनको ठुलो पुल बनिरहेको बताउँछन् । उनका अनुसार ३१८ मिटर लम्बाई भएको चार लेनको पुल बन्दैछ ।  

    भण्डारीले भने–  ‘चार लेन गाडी कुद्ने नेपालको पहिलो पुल हो । नेपाल सरकारले पुलको डिजाइन गरेपछि निर्माणकर्ताले फेरि डिजाइन गरेको हो । डिजाइनको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हो । मर्मत सम्भार अवधि ५ वर्षको हो । यसको सम्झौता रकम १ अर्ब २१ करोड हो । पुलको ७१ प्रतिशत वित्तीय प्रगति भएको छ ।’ 


    प्रमुख भण्डारीका अनुसार नेपाली ठेकेदारले डिजाइन गरेर पहिलो पटक चार लेनको पुल बनाइरहेको छ । ७ सेप्टेम्बर २०२२ मा यो पुल बनाउन सम्झौता भएको थियो । 

    ६ सेप्टेम्बर २०२५ मा पुल निर्माणको समय सकिँदैछ । सम्झौता भएको १३ महिनापछि डिजाइन स्वीकृत भएको  र आजको दिनमा ७१ प्रतिशत वित्तीय प्रगति सकारात्मक रहेको भण्डारीले बताए । उनका अनुसार मनसुन सुरु भइसकेकाले पुलको बीचको भागको काम अघि बढाउन कठिन भइरहेको छ ।

    खोलाको बहाव बढ्ने र ठेक्काहरू बगाउने भएकाले पुलको बिचको काम मनसुन सकिएपछि अब अघि बढ्नेछ । आगामी पुस–माघसम्ममा पूर्ण रूपमा पुल सम्पन्न हुने आशा छ । यो पुलको काम नेपाली निर्माण कम्पनी एनके निर्माण सेवाले गरिरहेको छ ।  

    डिजाइन स्वीकृत हुन ढिलाइ हुनु, निर्माण सामाग्रीको अभावले गर्दा पनि काम समयमै नसकिएको निर्माण व्यवसायी बताउँछन् । उनीहरूका अनुसार डिजाइन स्वीकृत गर्दा आठ वटा जग्गा र त्यत्ति नै घरहरूको प्रभावित हुने भएपछि मुआब्जा वितरण गरिसकिएको छ ।  

    नेपालमै पहिलो पटक चार लेनको अत्याधुनिक प्रविधिको बन्नु निर्माणकर्तालाई समेत गर्वको विषय रहेको उनीहरू बताउँछन् ।  

  • सम्बन्धित विषय:

  • # चार लेनको पुल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology