Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • १०:४८:१४ बजे
  • 2.1K
    SHARES
  • नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल
    काठमाडौं । नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा प्रकाश पौडेल (डिमप्रसाद) र लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव सानुराजा शाक्य नियुक्त हुनुभएको छ ।

    मन्त्रिपरिषदले निगम सञ्चालक समितिका सदस्यसमेत रहनुभएका पौडेललाई वायु सेवा निगमको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो ।

    त्यस्तै, बिहिबार बसेको मन्त्रिपरिषद् बैठलले लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्यलाई नियुक्त गरेको छ । बैठकमा कोभिड १९ को संक्रमण बारे पनि छलफल भएको तर अब के गर्ने भन्ने बारे ठोस निर्णय नभएको बुझिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology