Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कांग्रेस बैठक रुपन्देही-३ को उपनिर्वाचनबारे केन्द्रित

कांग्रेस बैठक रुपन्देही-३ को उपनिर्वाचनबारे केन्द्रित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०८२ शुक्रवार • ०७:१४:०५ बजे
  • 631
    SHARES
  • कांग्रेस बैठक रुपन्देही-३ को उपनिर्वाचनबारे केन्द्रित

    नेपाली कांग्रेसको आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे छलफल भएको छ ।

    images

    सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले उक्त जानकारी दिएका हुन् । बैठक निर्वाचन केन्द्रीत रहेपनि उम्मेद्वार को हुने भन्नेबारे भने कुनै छलफल नभएको उनले बताए ।

    उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन । सम्भावना ककसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला । तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित छौं ।’

    रुपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि रिक्त स्थानमा पद पूर्तिका लागि कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । बैठकमा बालकृष्ण खाण, शेखर कोइराला पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरू पनि सहभागी थिए । तर मन्त्री फेरबदलका विषयमा कुनै छलफल नभएको उनको भनाई थियो ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology