Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८२ शनिवार • ०५:४९:४६ बजे
  • 385
    SHARES
  • लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा

    नेपाल युवा सङ्घले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सङ्गठनको गरिमा र अनुशासनमा आँच पुर्‍याउने काम गरेको भन्दै उनलाई निलम्बन गरिएको हो । 

    images

    पछिल्लो समय सङ्गठनमा प्राप्त जानकारी, उजुरी तथा प्रमाणका आधारमा तपाईंको गतिविधिबाट सङ्गठनको गरिमा र अनुशासनमा आँच पुगेको देखिएको छ। यस सम्बन्धमा सङ्घको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयअनुसार तपाईँलाई मिति २०८२ असार २५ गते स्पष्टीकरण सोधिएको थियो , महासचिव महेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ । 

    सङ्गठनको सकारात्मक प्रयत्नका विपरीत  नेतृत्वलाई अवमूल्यन गरेको, स्पष्टीकरण पत्रमा निर्देश भएअनुसार भौतिक रूपमा उपस्थित भएर जवाफ नदिएको, पत्रमार्फत दिएको स्पष्टीकरणमा समेत गैरजिम्मेवार र अराजक भएकोले निलम्बनको निर्णय गरिएको पत्रमा उल्लेख छ । 

  • सम्बन्धित विषय:

  • # निलम्बनमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology