Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुख्यमन्त्री लामाले गरे आफ्नै पार्टीका चार मन्त्रीलाई बर्खास्त

मुख्यमन्त्री लामाले गरे आफ्नै पार्टीका चार मन्त्रीलाई बर्खास्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८२ शनिवार • ०५:५७:५२ बजे
  • 1.9K
    SHARES
  • मुख्यमन्त्री लामाले गरे आफ्नै पार्टीका चार मन्त्रीलाई बर्खास्त

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका चार मन्त्रीलाई बर्खास्त गरेका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटनमन्त्री विमल ठकुरी र सहकारीमन्त्री मधुकुमार श्रेष्ठलाई मुख्यमन्त्री लामाले बर्खास्त गरेका हुन् ।

    images


    यी चारै जनाले मन्त्रीहरूले शुक्रबार दिउँसो राजीनामा बुझाएका थिए । उनीहरुलाई शुक्रबार बेलुका नै मख्यमन्त्रीले बर्खास्त गरेका हुन् ।

    उनीहरुले प्रत्यक्ष रूपमा भेट नभएको भन्दै मुख्यमन्त्रीसँग ह्वाट्सएपमार्फत राजीनामा बुझाएका थिए । मुख्यमन्त्री लामाले शुक्रबार बेलुका नै ती मन्त्रीहरूलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेको कांग्रेसको बागमती प्रदेश दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

    उनले उनीहरुले मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव गरेकाले अनुशासनको कारबाहीस्वरूप उहाँहरूलाई बर्खास्त गरिएको बताए । शुक्रबार कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्र बानियाँलाई संसदीय दल नेता बनाउन ३७ मध्ये २१ सांसदले हस्ताक्षर गरेका थिए ।

    बागमतीमा लामा र बानियाँबिच आधा आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको संस्थापन इतर पक्षका सांसदहरूको दाबी छ । तर, सहमति कार्यान्वयन गर्ने समयमा मुख्यमन्त्री लामा सम्पर्कविहीन भएको भनेर चार मन्त्रीसहित २१ जनाले उनीविरूद्ध हस्ताक्षर गरेका थिए । उनीहरूले बानियाँलाई दल नेता बनाएर मुख्यमन्त्री फेर्ने तयारी गरेका छन् ।

    २०७९ पुस १३ गते भएको संसदीय दल नेता निर्वाचनमा हेटौंडाका बानियाँलाई ५ मतान्तरले हराउँदै लामा संसदीय दल नेता निर्वाचित भएका थिए । बानियाँले १६ मत ल्याएका थिए भने लामाले २१ मत ल्याएका थिए ।

    बानियाँ र लामा त्यसबेला सभापति शेरबहादुर देउवानिकट थिए । तर, संसदीय दल नेतामा समर्थन नपाउने अवस्था बनेपछि बानियाँले संस्थापनइतर समूहको साथ पाएका थिए । तर उनले जित्न सकेनन् । त्यसबेला उनलाई नेता शेखर कोइराला र महामन्त्री गगन थापाले साथ दिएका थिए ।

    अहिले बानियाँलाई संसदीय दल नेता बनाउन हस्ताक्षर गर्ने सांसदहरू सभापति देउवा, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट सांसदहरू हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology