Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

झलनाथ खनाललाई पार्टीबाट बिदा हुन :माधव नेपालको सुझाव

झलनाथ खनाललाई पार्टीबाट बिदा हुन :माधव नेपालको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८२ शुक्रवार • १०:०१:२८ बजे
  • 685
    SHARES
  • झलनाथ खनाललाई पार्टीबाट बिदा हुन :माधव नेपालको सुझाव

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
    खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने नेपालको भनाइ छ ।   

    images


    शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको बताए । 

    ‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने । खनालले पटक-पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत बताए । 

    अर्को प्रसंगमा नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकाले त्यो व्यक्तिगत निर्णयअनुसार नै हुने धारणा राखे । नेपालले शेरबहादुर देउवा र केपी शर्मा ओली एकठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । 

  • सम्बन्धित विषय:

  • # माधव नेपालको सुझाव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology