Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुर्गा प्रसाइँलाई छाड्ने उच्च अदालतको आदेशविरुद्ध, सरकार सर्वोच्च जाने

दुर्गा प्रसाइँलाई छाड्ने उच्च अदालतको आदेशविरुद्ध, सरकार सर्वोच्च जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८२ मंगलवार • ०७:०१:४५ बजे
  • 838
    SHARES
  • दुर्गा प्रसाइँलाई छाड्ने उच्च अदालतको आदेशविरुद्ध, सरकार सर्वोच्च जाने

    थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने भएको छ ।

    images

    गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका प्रसाईँलाई सोमबार उच्चले ३ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

    उक्त आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को व्यवस्था प्रतिकुल रहेको ठहर गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च जाने निर्णाय गरेको हो ।

    महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सहन्यायाधीवक्ता उद्धवप्रसाद पुडासैनीले उच्चको आदेशमा गम्भीर त्रुटि भएको भन्दै सर्वोच्चमा आदेश बदर गरी प्रसाईँलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिने निर्णय भएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सरकार सर्वोच्च जाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology