Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • १७:३२:३८ बजे
  • 4.9K
    SHARES
  • अध्यक्ष प्रचण्डले नै मागे प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा

    सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। उनीसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका छन्। मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्।

    images

    बैठकको सुरुमै अध्यक्ष प्रचण्डले नम्र स्वरमा बोल्न सुरु गरेका थिए। तर, विस्तारै उनी कडारुपमा प्रस्तुत भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए।उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए।त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफैले राजीनामा मागेको बताए।

     

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology