Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुण्डा राधे भण्डारी

जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा राधे भण्डारी पक्राउ

जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा राधे भण्डारी पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २३, २०७७ शुक्रवार • ११:०३:१७ बजे
  • 1.5K
    SHARES
  • जनप्रतिनिधिलाई धम्की दिएपछि  गुण्डा राधे भण्डारी पक्राउ
    काठमाडौं । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि धादिङका गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् ।बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि अवैध तरिकाले बालुवा निकालिरहेका उनलाई जनप्रतिनिधिले त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको डीएसपी लोकनाथ तिम्सिनाले बताए ।

    तिम्सिनाका अनुसार बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेका थिए । जनप्रतिनिधिलाई त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको तिम्सिनाले बताए । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

    भण्डारी नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत हुन् । उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए ।

    यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।

    चरीलाई गोली हानेको घटनामा उनी राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

  • सम्बन्धित विषय:

  • # गुण्डा राधे भण्डारी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology