Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

माधवकुमार नेपाल र झलनाथबिच छलफल

माधवकुमार नेपाल र झलनाथबिच छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८२ आइतवार • ०६:२१:३५ बजे
  • 655
    SHARES
  • माधवकुमार नेपाल र झलनाथबिच छलफल

    नेकपा एकीकृत समाजवादीका दुई शीर्ष नेता अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच छेडखानी र आरोप प्रत्यारोप चलिरहेका बेला भेटवार्ता भएको छ । 

    images

    शनिबार पार्टी कार्यालय आलोकनगरमा भएको भेटवार्तामा साक्षीका रूपमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेता बेदुराम भुसाल र महासचिव घनश्याम भुसाल रहेका थिए । 


    अध्यक्ष नेपाल र नेता खनालबिच केही दिनयता सार्वजनिक रूपमै एकअर्कालाई पार्टी छोड्न सुझाव दिइरहेका बेला नेताहरू पाण्डे, भुसाल र हमालले नेताद्वयलाई संवादमा जुटाएका हुन् । 


    ‘नेताद्वय एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रेका बेला पार्टीभित्रको समस्या संवादबाटै समाधान गर्नुपर्छ भनेर नेताद्वयलाई संवादमा राखिएको हो’, एक नेताले भने, ‘शनिबारको भेटवार्तामा दुवै नेताले आफूले बोलेका विषयहरू प्रस्ट्याउने प्रयास गर्नुभयो ।’

    सम्मानित नेता खनालले अझैसम्म एमाले विभाजनको औचित्य पुष्टि हुन नसकेको आफूलाई महसुस भएको बताएपछि अध्यक्ष नेपालले खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नभएको भन्दै सार्वजनिक रूपमै पार्टीबाट राजीनामा दिन आग्रह गरेका थिए । 

    त्यसपछि खनालले नेपाललाई जवाफ फर्काउँदै आफूले होइन, अध्यक्ष नेपालले पदबाट राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए । शुक्रबारमात्र अध्यक्ष नेपालले खनाललाई विद्रोहको औचित्य पुष्टि नभए केपी ओलीको सेवा गरेर बस्न सुझाव दिएका थिए । 

    पार्टीनिकट उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सम्मानित नेता खनालले पार्टीको बदख्वाइँ गरेको, मिडियामा गएर विद्रोहको औचित्य छैन भनेको बताएका थिए । 

    ‘मिडियामा जाने, पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो विद्रोह नै ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्यो नि,’नेपालको भनाइ थियो । यसरी दुई नेताबिच विवाद चर्किएपछि अन्य नेताहरूले दुई नेताको भेटवार्ता गराएका हुन् । 

    त्यसक्रममा सम्मानित नेता खनालले एमालेसँग गरिएको विद्रोहको पुष्टि गर्न नसकिएको आफूलाई लागेको बताएका थिए । ‘एमालेसँग विद्रोहको पुष्टि गर्न हामीले गम्भीर ढंगले कदम चाल्नुपर्छ भन्ने मेरो पुरानै कुरा हो, यसमा केही थपेको छैन’, खनालले नेपालसँगको संवादमा भनेका थिए । खनालले राजीनामा गर्न र ओलीको सेवा गर्न भनेर अध्यक्षले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । त्यस्तै अध्यक्ष नेपालले चौतर्फी पार्टीमाथि आक्रमण भएका बेला औचित्य पुष्टि भएन भनेर पार्टीलाई थप कमजोर बनाउने प्रयास गरेको भन्दै खनालसँग आक्रोश पोखेका थिए । 

    यसैबिच भदौ ७ र ८ गते बोलाइएको सो पार्टीको केन्द्रीय कमिटी बैठक २० दिन पछि सारेर भदौ २७ र २८ गते बस्नेगरी बोलाइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल र झलनाथबिच छलफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology