Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अल जजिराका ५ पत्रकारको हत्या

अल जजिराका ५ पत्रकारको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८२ सोमवार • ०६:३१:४९ बजे
  • 859
    SHARES
  • अल जजिराका ५ पत्रकारको हत्या

    एजेन्सी । इजरायलले अल जजीराका पाँच पत्रकारको हत्या गरेको छ ।

    images

    आइतबार राति गाजा शहरको अल–शिफा अस्पतालको मुख्य ढोका बाहिर पत्रकारहरुलाई राखिएको टेन्ट लक्षित इजरायली सेनाले आक्रमण गर्दा अल जजीराका पत्रकार अनस अल–शरीफ र उनका चार सहकर्मी मारिएका हुन् ।

    उक्त आाक्रमणमा सात जनाको मृत्यु भएतापनि अनस अल–शरीफसहित संवाददाता मोहम्मद क्रेकेह र क्यामेरा अपरेटर इब्राहिम जहेर, मोहम्मद नौफल र मोआमेन अलिवा मारिएको अल जजीराले जनाएको छ ।

    इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले आक्रमणको पुष्टि गर्दै अल–शरीफलाई हमासको ‘आतङ्कवादी सेलको प्रमुख’ भएको आरोप लगाएको छ ।

    आईडीएफले उनलाई पत्रकारको आवरणमा काम गर्ने र इजरायली नागरिक तथा सैनिकमाथि रकेट आक्रमणका लागि जिम्मेवार भएको दाबी ग¥यो । तर अन्य पत्रकारहरूको मृत्युबारे कुनै टिप्पणी गरेको छैन।

    अल–जजिराले यसअघि नै आईडीएफ माथि आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै “उत्तेजना फैलाउने अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो ।

    पत्रकारहरूको अधिकारका लागि काम गर्ने संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार, अक्टोबर २०२३ मा गाजामा सुरु भएको इजरायली सैन्य आक्रमणपछि हालसम्म १८६ पत्रकारको मृत्यु पुष्टि भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # ५ पत्रकारको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology