कुवेतका विभिन्न अस्पतालमा शनिबारदेखि उपचाररत ६३ जना मध्य १३ जनाले ज्यान गुमाएका छन भने २१ जनाले स्थायी वा अस्थायी रूपमा दृष्टि गुमाएका छन ।
मेथानोल दूषित पेय पदार्थबाट बनेको विषाक्त मदिरा सेवनका कारण उक्त घटना भएको स्वास्थ्य मन्त्रालयले बुधबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उनीहरु सबै एसियाली नागरिक भएको मन्त्रालयले जनाएको छ । धेरै घटनाहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो भने ३१ जनामा चिकित्सा कर्मचारीहरूले सीपीआर गरेको मन्त्रालयले उल्लेख गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५१ जनाले तत्काल डायलाइसिस गराईरहेका छन् । यस विषयमा स्थानीय अस्पतालहरू र सुरक्षा अधिकारीहरू बीच समन्वय जारी रहेको जनाएको छ ।