Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०८२ मंगलवार • ०६:२६:४५ बजे
  • 874
    SHARES
  • उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी

    सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी तीव्र पारेका छन् । यसै सिलसिलामा एमालेले मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक बैठक बोलाएको छ ।

    images


    एमालेले सांसदहरूको हस्ताक्षर सङ्कलनका लागि बैठक बोलाइएको जनाइएको छ ।  यता, नेपाली कांग्रेसले पनि सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठकपछि संसदीय दलको बैठक पनि बस्नेछ ।

    राना, जो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट उपसभामुख बनेकी छन्, उनको आचरणमाथि प्रश्न उठाउँदै यी दुई दलले उनलाई हटाउने रणनीति बनाएका छन् । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन्, जुन दुई तिहाइका लागि अपर्याप्त छ । साना दलहरूको समर्थनबिना उपसभामुख हटाउन सम्भव नहुने देखिन्छ ।

    गत वर्ष पनि यस्तै प्रयास असफल भएको थियो, जसपा नेपाल र जसपाले सहयोग नगरेपछि सो प्रयास असफ भएको हो । रास्वपाले उपसभामुख हटाउने कुनै कदम भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको ।

    उपसभामुख राना हाल अमेरिकामा व्यक्तिगत भ्रमणमा छन् र भदौ १३ मा फर्कने कार्यक्रम छ । यसबीच, संवैधानिक परिषद्मा आफू अनुकूल नियुक्तिका लागि रानालाई हटाउन खोजिएको  रास्वपाको आरोप छ । 

  • सम्बन्धित विषय:

  • # पदबाट हटाउने तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology