Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हमासले स्वीकार्‍यो युद्धविराम

हमासले स्वीकार्‍यो युद्धविराम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०८२ मंगलवार • ०६:२८:०४ बजे
  • 601
    SHARES
  • हमासले स्वीकार्‍यो युद्धविराम

     प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धक रिहाइका लागि मिस्र र कतारले प्रस्ताव गरेको नयाँ मध्यस्थता प्रस्तावमा सहमति जनाएको छ। बीबीसीले प्यालेस्टाइनी स्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको छ । 

    images

    प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुनमा प्रस्तुत गरेको रूपरेखामा आधारित छ । यसअनुसार पहिलो चरणमा ६० दिनको युद्धविराम लागू हुनेछ। त्यसपछि हमासले बाँकी ५० इजरायली बन्धकलाई दुई समूहमा रिहा गर्नेछ, जसमध्ये २० जना मात्र जीवित रहेको बताइएको छ । त्यसपछि मात्र स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्नेछ । इजरायलले भने यो प्रस्तावबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

    गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धक एकैचोटि रिहा भएपछि मात्र सम्झौता स्वीकार गर्ने बताएका थिए । हमासको सहमतिपछिको पछिल्लो भिडिओ सन्देशमा नेतन्याहुले कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन् । उनले भने, ‘यसले हमासमाथि ठूलो दबाब रहेको सङ्केत गर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology