Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एनएमए निर्वाचन : सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा शेर्पा निर्वाचित

एनएमए निर्वाचन : सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा शेर्पा निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८२ आइतवार • ०४:५४:०९ बजे
  • 1.6K
    SHARES
  • एनएमए निर्वाचन : सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा शेर्पा निर्वाचित

     नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् ।  शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए । 

    images


    सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेनिकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूले शेर्पालाई उम्मेदवार बनाएका थिए ।


    वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् ।


    प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा विजयी भए । 


    सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाकाे बराबरी मत आएको छ । उनीहरूबिच कार्यकाल आधाआधा गर्ने सहमति भएको छ । 

    कसकाे कति मत ?

    अध्यक्ष 
    फुर गेल्जे शेर्पा: ३४२ (विजयी) 

    कुल बहादुर गुरुङ: २८८

    वरिष्ठ उपाध्यक्ष 
    ईश्वरी पौडेल: ३४५ (विजयी)

    टिका गुरुङ: २५८

    प्रथम उपाध्यक्ष 
    काजी शेर्पा: २५६

    मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)

    द्वितीय उपाध्यक्ष 
    बोध राज भण्डारी: ३६८ (विजयी)

    धन बहादुर गुरुङ:२३८

    महासचिव 
    राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)

    विमल नहर्की: २०९

    शिव सापकोटा: ६८

    सचिव 
    चन्दन थापा: ३५८ (विजयी)

    ङिमा दिकी शेर्पा: २४४

    कोषाध्यक्ष 

    ङिमा नुर्बु शेर्पा: ३०४

    सुमी लामा: ३०४

    (आधा आधा कार्यकालका लागि गोलाप्रथा गर्ने सहमति )

    सदस्य: 
    माधवकुमार धमला: २७८ 

    केदार न्यौपाने: ३०२

    थुप्देन शेर्पा: ३२६

    गोकुल थापा: २८८

    मुलाल गुरुङ: ३५१

    देण्डी शेर्पा: ३११

    विक्रम कार्की: ३०६

    रिञ्जे शेर्पा: ३०१

    देवेन्द्र डंगोल: २९५

    दिकी शेर्पा: २८८

    निशा भोटे: ३०७

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology