Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लोकप्रिय गायिका प्रीति आले भोलि कुवेत आउदैँ

लोकप्रिय गायिका प्रीति आले भोलि कुवेत आउदैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०८२ बुधवार • १७:४३:३४ बजे
  • 1.8K
    SHARES
  • लोकप्रिय गायिका प्रीति आले भोलि कुवेत आउदैँ

    कुवेत - नेपाल कुवेत सांस्कृतिक मञ्चले यही अगस्त २९ शुक्रवारको दिन आयोजना गर्न लागेको हरितालिका तीज विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका मुख्य आकर्षण, नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छन्।

    images

    "हाम्रो संस्कृति हाम्रो पहिचान" भन्ने मुल नारालाई आत्मसात् गर्दै नेपाल कुवेत साँस्कृतिक मञ्चको २४ औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२५ कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलको सभाहलमा हुने कार्यक्रमलाई भव्य बनाउन कलाकारको स्वागतका लागि सम्पूर्ण तयारी पूरा गरिएको मञ्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन्।

    आयोजकले कुवेतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई भोलि विमानस्थलमा उपस्थित भई प्रीति आलेलाई  स्वागत गर्न अनुरोध गरेका छन्। हरेक वर्षजस्तै यसपटकको कार्यक्रम पनि नेपाली समुदायको सांस्कृतिक एकता र उत्सवको साझा प्लेटफर्म बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology