Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०८२ सोमवार • ०६:४७:४८ बजे
  • 937
    SHARES
  • अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

    अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो।

    images


    ८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइतेको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन् । तालिबान सरकारका स्रोतहरूका अनुसार दर्जनौँ घरहरू भत्किएको र मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।


    दूरदराजका हिमाली क्षेत्रमा पुगेका पहिरो र बाढीका कारण धेरै ठाउँमा भौतिक पहुँच अवरुद्ध भएकाले तालिबान सरकारले मानवतावादी संस्थाहरुलाई उद्धारमा सहयोग गर्न आग्रह गरेको छ । केही क्षेत्रहरूमा केवल हवाई मार्गबाट मात्र पुग्न सकिने बताइएको छ ।


    भूकम्पको धक्का राजधानी काबुलदेखि करिब ३०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामाबादसम्म महसुस गरिएको थियो ।


    अफगानिस्तान भारतीय र यूरेसियन प्लेटहरू भेटिने भूकम्पीय फल्टलाइनमा अवस्थित भएकाले त्यहाँ बारम्बार भूकम्प आउने गर्दछ । सन् २०२२ मा पूर्वी अफगानिस्तानमा गएको ५.९ म्याग्निच्यूडको भूकम्पमा कम्तीमा १,००० जनाको मृत्यु र ३,००० भन्दा बढी घाइते भएका थिए, जुन दुई दशकयताकै सबैभन्दा घातक विपत्ति थियो ।

  • सम्बन्धित विषय:

  • # २० जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology