Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुडानमा भीषण पहिरोमा कम्तीमा १ हजार जनाको मृत्यु : विद्रोही समूह

सुडानमा भीषण पहिरोमा कम्तीमा १ हजार जनाको मृत्यु : विद्रोही समूह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०८२ मंगलवार • ०४:४३:४३ बजे
  • 997
    SHARES
  • सुडानमा भीषण पहिरोमा कम्तीमा १ हजार जनाको मृत्यु : विद्रोही समूह

    सुडानको विद्रोही समूह सुडान लिबरेशन मुभमेन्ट/आर्मीले देशको पश्चिमी भागमा पहिरोका कारण कम्तीमा १ हजार जनाको मृत्यु भएको बताएको छ।यो घटना पश्चिमी सुडानको मारा पर्वतको दुर्गम क्षेत्रमा भएको हो।

    images


    समूहका अनुसार धेरै दिनदेखि निरन्तर भारी वर्षाका कारण अगस्ट ३१ मा यो पहिरो गएको थियो। यसमा तारासीन गाउँको ठुलो भाग नष्ट भएको थियो र एक जना मात्र बाँचेका थिए।


    संस्थाले मानवीय सहयोगको लागि संयुक्त राष्ट्र संघ, अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई अपिल गरेको छ।


    पहिरो गएको क्षेत्र विद्रोहीद्वारा नियन्त्रित छ। यो संगठन सुडानी सेनासँगै अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) विरुद्ध लडिरहेको छ। यस युद्धका कारण उत्तरी डार्फर राज्यका धेरै बासिन्दाहरूले मारा पहाडी क्षेत्रमा शरण लिएका थिए।


    अप्रिल २०२३ मा, सुडानी सेना र आरएसएफ बिचको गृहयुद्धले देशलाई अनिकाल र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको सङ्घारमा पुर्‍याएको छ।

    गृहयुद्धमा मारिएका मानिसहरूको सङ्ख्याको बारेमा फरक-फरक अनुमानहरू छन्, तर एक अमेरिकी अधिकारीले गत वर्ष गरेको अनुमान अनुसार सन् २०२३ देखि यता १ लाख ५० हजार मानिसहरू मारिएका छन्। लगभग १.२ करोड मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

  • सम्बन्धित विषय:

  • # विद्रोही समूह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology