Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दक्षिण सुडानमा अर्बौँ डलर भ्रष्टाचार: संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन

दक्षिण सुडानमा अर्बौँ डलर भ्रष्टाचार: संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०८२ बुधवार • ०५:०८:४५ बजे
  • 568
    SHARES
  • दक्षिण सुडानमा अर्बौँ डलर भ्रष्टाचार: संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन

    संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले देश स्वतन्त्र भएपछि हालसम्म तेलबाट कमाएको २५.२ अर्ब अमेरिकी डलरमध्ये अर्बौँ डलर हिनामिना गरेको खुलासा गरेको छ ।

    images


    मानवअधिकार आयोगको रिपोर्टअनुसार, यो रकम स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनुको सट्टा व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरुपयोग भएको छ । रिपोर्टमा भनिएको छ,“देशको लुटकै कारण जनताले भोक, रोग र मृत्युलाई भोग्नुपरेको छ ।”

    सबैभन्दा ठूलो भ्रष्टाचार ‘ओआयल फोर रोडस’ कार्यक्रममा देखिएको छ, जहाँ सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब छैन ।


    यो रकम उपराष्ट्रपति एवं सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीहरूमार्फत खर्च भएको रिपोर्टमा दाबी गरिएको छ । उनी हालै राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा भएका छ ।


    संयुक्त राष्ट्रसङ्घ आयोगका अनुसार,“यी अनियमितता सिधै जनताको जीवनमा असर पार्ने गरी भएका छन् ।

    सरकारले रिपोर्टमा प्रयोग गरिएको सूचना पक्षपाती रहेको भन्दै अस्वीकार गरेको छ ।

    यो रिपोर्ट राष्ट्रपति सल्वा कीर र विपक्षी नेता रिएक मचारबीचको सत्ता साझेदारी विफल हुने सङ्केतसँगै आएको हो। मचारमाथि देशद्रोह र मानवताविरुद्धका अपराधको आरोप लगाइएको छ, जसलाई उहाँका समर्थकहरूले राजनीतिक प्रतिशोध भन्दै सशस्त्र आन्दोलनको चेतावनी दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology