Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्री नै भन्न मन लागेमा 'कवाडी वैज्ञानिक मन्त्री' भन्नुहोला : महावीर पुन

मन्त्री नै भन्न मन लागेमा 'कवाडी वैज्ञानिक मन्त्री' भन्नुहोला : महावीर पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०८२ सोमवार • ०७:२९:३५ बजे
  • 985
    SHARES
  • मन्त्री नै भन्न मन लागेमा 'कवाडी वैज्ञानिक मन्त्री' भन्नुहोला : महावीर पुन

    राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।

    images

    राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।

    मन्त्रीमा सिफारिस भएपछि पुनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगर्न आग्रह गर्दै सिधै कामको सुझाव पठाउन सार्वजनिक अपिल गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै कसैलाई पनि फोनमा 'बधाई छ' नभन्न र खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्।

    उनले आफ्नो घोषणामा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला।’ पुनले आफूलाई 'मन्त्री' भनेर सम्बोधन नगरिदिन पनि आग्रह गरेका छन्।

    यदि कसैलाई मन्त्री नै भन्न मन लागेमा 'कवाडी वैज्ञानिक मन्त्री' भन्न अनुरोध गरेका छन्।

  • सम्बन्धित विषय:

  • # महावीर पुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology