Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने

साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०८२ बुधवार • ०५:१८:१८ बजे
  • 1.3K
    SHARES
  • साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने

    साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।

    images

    दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो ।

    काठमाडौं–नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितले जानकारी दिए । यो भाडा अन्य सवारी साधनको तुलनामा झण्डै आधा सस्तो हो ।

    साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

    कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमश: ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् ।

    नारायणगढ पुगेपछि ती बसहरु यात्रुहरु लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् ।

    यात्रा गरेवाफत यात्रुहरुले एकतर्फी भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रुपमा साझा यातायातको टिकट लिनुपर्ने छ ।

    यात्रुहरुलाई सिटमा बाहेक उभिएर वा मुढामा राखेर यात्रा नगराउने साझा यातायात सहकारी संस्थाले जनाएको छ ।

    साझा यातायातका यात्रुहरुलाई अनिवार्य रुपमा टिकट लिएर यात्रा गर्न भनिएको छ । अन्यथा प्रचलित नियम कानुन बमोजिम कारबाही हुनेछ ।

    यात्रुहरुले टिकट लिए/नलिएको वा बसवालाले टिकट दिए/नदिएकोबारे ठाउँ–ठाउँमा अनुगमनको व्यवस्था मिलाइएको साझा यातायातले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बस सेवा सञ्चालन गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology