Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला: शिक्षामन्त्री महावीर पुन

टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला: शिक्षामन्त्री महावीर पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०८२ बुधवार • ०५:२०:१० बजे
  • 1.3K
    SHARES
  • टिम बनाउन व्यस्त छु, केही दिन फोन नगर्नु होला: शिक्षामन्त्री महावीर पुन

     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन् ।

    images

    आफू मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त भएको भन्दै मन्त्री पुनले केही दिन फोन नगर्न र म्यासेज नपठाउन भनेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘अस्तीदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला ।’

    राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए । उनको माग अनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने व्यवस्था मिलाइएको छ ।

    मन्त्री पुनले आफ्नो सुत्ने ठाउँ पाँचतारे होटल जस्तो रहेको बताएका छन्

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology