Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपाकी सचेतक शान्ता चौधरी

कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा

कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७७ शनिवार • १०:२२:५३ बजे
  • 1.3K
    SHARES
  • कोरोना संक्रमित नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा
    कोरोना भाइरसको संक्रमण भएकी सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ ।

    चौधरीलाई शुक्रबार राति आईसीयूमा सारिएको हो । वीर अस्पतालमा उपचाररत चौधरीलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा कठिनाइ भएको उनले तीन दिनअघि नै सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन्।
    ‘स्वास प्रश्वासमा अलि कठिनाई भइरहेको र फोनमा बोल्दा सास फेर्न थप कष्ट हुने र अक्सिजनको मात्रासमेत कम भएको महसूस हुन्छ,’ उनले अस्पतालबाटै तीन दिन अघि लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ ।

    पाँच दिनअघि उनलाई लक्षण सहितको संक्रमण पुष्टि भएको थियो। १० वर्षअघि उनलाई स्तन क्यान्सरसमेत भएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology