Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यमनमा इजरायलको सबैभन्दा ठुलो आक्रमण, आठ जनाको मृत्यु

यमनमा इजरायलको सबैभन्दा ठुलो आक्रमण, आठ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०८२ शुक्रवार • १०:३५:५२ बजे
  • 1.8K
    SHARES
  • यमनमा इजरायलको सबैभन्दा ठुलो आक्रमण, आठ जनाको मृत्यु

    आफ्नो वायु सेनाले यमनमा अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण गरेको इजरायली सेनाले दाबी गरेको छ । हुथी विद्रोहीहरूले बारम्बार गरेको ड्रोन र मिसाइल आक्रमणको प्रतिक्रियामा यो आक्रमण गरिएको उसले बताएको छ । 

    images


    दर्जनौँ विमानहरूले राजधानी सानामा रहेको हुथी सुरक्षा र गुप्तचर सेवाहरू र सैन्य अड्डाहरूमा बमवारि गरेको इजरायल रक्षा बल (आईडीएफ)ले बताएको छ ।

    इजरायलद्वारा गरिएको आक्रमणलाई हुथी सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले क्रूर अपराध भनेको छ । आक्रमणले नागरिक र आवासीय भवनहरूलाई लक्षित गरेको र यसमा आठ जनाको मृत्यु भएको मन्त्रालयले भनेको छ । 


    इजरायली रेड सी रिसोर्ट इलातमा हुथी ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिन पछि इजरायलद्वारा यो आक्रमण भएको हो । रिसोर्टमा भएको आक्रमणमा दुई जना गम्भीर घाइते भएका थिए ।

  • सम्बन्धित विषय:

  • # आठ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology