Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इन्धनको निर्यातमा रुसले लगायो प्रतिबन्ध

इन्धनको निर्यातमा रुसले लगायो प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०८२ शुक्रवार • १०:३९:०८ बजे
  • 760
    SHARES
  • इन्धनको निर्यातमा रुसले लगायो प्रतिबन्ध

     रुसले इन्धनको निर्यातमा प्रतिबन्ध लगाएको छ । युक्रेनको ड्रोन आक्रमणका कारण रुसको तेल प्रशोधन क्षमतामा उच्च कमी आएपछि यो वर्षको अन्त्यसम्मका लागि डिजेल र पेट्रोलको निर्यातमा आंशिक प्रतिबन्ध लगाइएको हो । 

    images


    रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बिहीबार यो घोषणा गरेका हुन् । नोभाकले भने– ‘हामी पेट्रोल निर्यातमाथि प्रतिबन्धलाई वर्षको अन्त्यसम्म विस्तार गर्नेछौँ र डिजेल इन्धनको गैर–उत्पादकहरूको निर्यातमा पनि प्रतिबन्ध लगाइनेछ । यसले घरेलु बजारमा पेट्रोलियम उत्पादनहरूको आपूर्ति बढाउनेछ ।’ 

    देशमा तेल उत्पादनहरूको थोरै अभाव छ भएको अनि हालको भण्डारले माग पूरा गर्न नसक्ने पनि उनले बताए । रिफाइनरीहरू बन्द भएकोले यसैबिच इन्धन आपूर्तिमा अवरोध भएको रुस–नियन्त्रित क्रिमियाका प्रमुख सर्गेई अक्स्योनोभले बताए ।


     २०२४ मा रुसले लगभग ८६ मिलियन मेट्रिक टन डिजेल उत्पादन गरेको थियो । यीमध्ये करिब ३१ मिलियन टन निर्यात गरिएको थियो । रुस र अमेरिका समुद्री मार्गबाट ​​डिजेलको शीर्ष निर्यातकर्ता हुन् । डिजेल निर्यातमा मध्यस्थकर्तालाई मात्रै प्रतिबन्ध लागू हुनेछ ।


    पेट्रोल निर्यातमा प्रतिबन्ध भने उत्पादक र मध्यस्थकर्ता दुवैमा लागू हुने बताइएको छ । तर, यो प्रतिबन्ध अन्य देशहरूसँग रुसको अन्तरसरकारी सम्झौताहरूमा लागू नहुने बताइएको छ । 

    युक्रेनी हवाई बलले यो हप्ता रुसी इन्ध्न उत्पादन स्थल र पम्पिङ स्टेसनमा आक्रमण गरेका थिए । रुसले मार्चमा इन्धनको केही खाले निर्यातमा रोक लगाएको थियो । पछि जुलाईमा यो सबै प्रमुख उत्पादकमा लागू भए । रुस विश्वको सबैभन्दा ठुलो डिजेल उत्पादक हो ।

  • सम्बन्धित विषय:

  • # रुसले लगायो प्रतिबन्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology