Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनको मूल्य ६५०० रुपैयाँ बढ्यो

सुनको मूल्य ६५०० रुपैयाँ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०८२ शनिवार • ०६:४८:५२ बजे
  • 721
    SHARES
  • सुनको मूल्य ६५०० रुपैयाँ बढ्यो

     एक साताको अवधिमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य हिजो (शुक्रबार) सम्म आइपुग्दा २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।

    images


    यद्यपि सो साता सुनको मूल्यमा उतारचढाव नै देखियो । जसअनुसार असोज ८ गते गते हालसम्मकै उच्च अदालत २ लाख २३ हजार रुपैयाँसम्म सुनको मूल्य पुग्यो । 

    महासंघका अनुसार असोज ५ गते २ लाख १७ हजार १००, ६ गते २ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार हुँदा ७ गते २ लाख २१ हजार ७०० रुपैयाँ पुग्यो । 


    त्यसपछि ८ गते कीर्तिमानी मूल्य कायम हुँदा त्यसको भोलिपल्ट अर्थात ९ गते भने घटेर २ लाख २१ हजार ३०० कायम हुँदा शुक्रबार भने फेरि २ लाख २२ हजार ५०० रुपैयाँ पुगेर साताको कारोबार रोकियो  । 


    सो साता सुनको मूल्यले पनि कीर्तिमान बनायो । असोज ३ गते तोलामा २ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य, ५, ६, ७, ८ र ९ गते क्रमशः २ हजार ६२०, २ हजार ६५०, २ हजार ६८०, २ हजार ७०० र २ हजार ६८५ रुपैयाँ कायम भयो । यस्तै हिजो शुक्रबार भने हालसम्मकै उच्च मूल्य हुँदै चाँदीको मूल्य तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस आधारमा सातामै चाँदीको मूल्य १६० रुपैयाँ बढेको छ । 

  • सम्बन्धित विषय:

  • # ६५०० रुपैयाँ बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology