Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

फलाम खानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण

फलाम खानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०८२ शनिवार • ०९:५०:३३ बजे
  • 562
    SHARES
  • फलाम खानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण

    महाशिला गाउँपालिका–६ मा रहेको फलाम खानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलाम खानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म लैजान सहज होस् भनेर व्यवस्थित पदमार्ग निर्माण गरिएको हो । 

    images


    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले नियुक्त गरेका श्रमिक लगाएर पदमार्ग निर्माण गरिएको वडा नंं ६ का अध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए । अध्यक्ष विकका अनुसार खानी तथा भूगर्भ विभागबाट भूगर्भविद् सन्तोष घिमिरेको टोलीले आउने तयारी गरेको छ । यहाँ रहेका मुख्य खानी रनेमने, बूढीखानी र धाउखानीसम्म जाने बाटो सम्पन्न भएको हो । यसैवर्ष पदमार्ग निर्माण गरिएको विकले जानकारी दिए ।

    पटक पटक अनुसन्धान भए पनि वि.सं २००७ देखि बन्द भएको फलाम खानी उत्खनन् हुने आशा स्थानीयले मारेका छैनन् । बन्द भएको ७५ वर्ष लामो अवधिसम्म पनि राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि सरकारले चासो यस क्षेत्रका नागरिकमा उत्साह जागेको छ । 


    विगत चार वर्षअघि पनि खानी तथा भूगर्भ विभागको टोलीले खानीको उत्खनन् गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो । भूगर्भविद्ले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी) का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको थियो । कुनै ठाउँमा सतहमा फलाम भेटिएको थियो भने कुनै स्थानमा जमिनमुनि भएको पाइएको थियो । 


    फलामखानीमा दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । स्थानीयले पटक पटक फलामखानीको उत्खननको माग गर्दा कतैबाट तदारुकता नदेखाएपछि निराश बनेका छन् । 

    धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबिच विसं २०६७ पुस ८ मा सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको वडाध्यक्ष विकले बताए ।

    उक्त फलाम खानी सदरमुकाम कुश्मा बजारबाट ३५ किलोमिटरको दूरीमा रहेको छ । महाशिलाको वडा नं ५ लुङ्खुदेउराली र वडा नं ६ फलाम खानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन् । 

  • सम्बन्धित विषय:

  • # दमार्ग निर्माण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology